ad ad

राजनीति


चीन–भारत सीमा विवादबारे वाङ यी र अजित डोभलबीच वार्ता

चीन–भारत सीमा विवादबारे वाङ यी र अजित डोभलबीच वार्ता

नेपालखबर
पुस ५, २०७६ शनिबार ११:१०,

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीच नयाँ दिल्लीमा सीमासम्बन्धी वार्ता भएको छ।

सीमा सम्बन्धी अनेकौँ विषयमा वार्ता भएको भारतीय अधिकारीहरुले जानकारी दिएका छन्। वार्तामा चीन र भारतीबीच रहेको ३ हजार ५ सय किलोमिटर लामो सिमानामा शान्ति कायम गर्ने सहमति भएको जनाइएको छ।

अक्टोबरमा महाबलिपुरममा राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको अनौपचारिक शिखर बैठकपछि चीन र भारतबीच भएको यो पहिलो उच्चस्तरीय वार्ता हो।

वाङ र डोभललाई दुवै देशले सीमासम्बन्धी वार्ताका लागि विशेष प्रतिनिधि घोषणा गरेका छन्। यो प्रतिनिधिबीचको २२ औँ बैठक हो।

चीन र भारतबीच दशकौँदेखि सीमा विवाद जारी छ। खासमा भारत र चीनबीच दुवैको सहमतिमा सीमा निर्धारण नै भएको छैन। ब्रिटिस शासनका बेला कोरिएको म्याकमोहन लाइनलाई भारतले आधिकारिक सीमा मान्दै आएको छ। जसलाई चीनले स्वीकार गरेको छैन।

भारतको नियन्त्रणमा रहेको अरुणाचल प्रदेश चीनले आफ्नो दाबी गर्दै आएको छ। सीमाको विषयलाई लिएर सन् १९६१ मा चीन र भारतबीच युद्ध समेत भएको थियो।

पछिल्लो समय सीमाबाहेक अन्य मुद्दामा पनि चीन र भारतबीच विवाद देखिँदै आएको छ। केही दिनअघि मात्र संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कस्मिरका विषयमा चीनले बैठक प्रस्ताव गरेको थियो। पछि सो बैठक स्थगित भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .