मधेस


कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद र जरिवाना तोकिएका अन्सारी पक्राउ

कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद र जरिवाना तोकिएका अन्सारी पक्राउ

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १६:४९, वीरगञ्ज, पर्सा

कर्तव्य ज्यान मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी साहजिम मियाँ अन्सारी पक्राउ परेका छन्।

जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका-७ अलौ निवासी २५ वर्षीय अन्सारीलाई बिहीबार बिहान विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अन्सारी २०७८ साल बैशाख ३ गते आफ्नी २२ वर्षीया श्रीमती रबिना खातुनलाई दाइजोको विषयमा विवाद भएपछि कुटपिट गरी हत्या गरेको घटनामा संलग्न थिए।

घटनापछि फरार रहेका अन्सारीलाई प्रहरीले वीरगञ्ज महानगरपालिका-१७ अलौस्थित आफ्नै घरबाट नियन्त्रणमा लिएर पक्राउ गरेको जनाएको छ।

संबन्धित अदालतबाट कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो।

पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad