मधेस


मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन

मधेस मुख्यमन्त्री कार्यालयअगाडि शहीद परिवारको आन्दोलन

नेपालखबर
मंसिर ७, २०८१ शुक्रबार २१:५४, काठमाडौँ

जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि मधेस आन्दोलनका शहीद परिवारका सदस्यहरुले प्रदर्शन गरेका छन्।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारका एक/एक जनालाई रोजगार दिने निर्णय गरेपनि हालसम्म कार्यान्वयन नभएको भन्दै शहीद परिवारका सदस्यहरु आन्दोलित भएका हुन्।

मुख्यमन्त्री कार्यालय अगाडि गरिएको प्रदर्शनमा प्रदेशका आठै जिल्लाका शहीद परिवारका सदस्यहरु छन्। उनीहरुले प्रदेश सरकारले आफूहरुको माग पूरा नगरेसम्म घर नफर्किने बताएका छन्।

अधिकांशलाई नियुक्ति पत्र दिइएपनि अहिलेसम्म जागिर पाउन नसकेको आरोप शहीद परिवारको छ। तर जनमत नेतृत्वको सरकार गठन भए लगत्तै सो सेवा सुविधाबाट वञ्चित गरिएको मधेसी शहीद प्रतिष्ठानका सदस्य रामनरेश रायको आरोप छ।

मुख्यमन्त्री समक्ष पटकपटक धाएपनि कुनै सुनुवाई नभएको उनको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad