ad ad

मधेस


सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा मजदुरको मृत्यु, चालक गम्भीर घाइते

सर्लाहीमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा मजदुरको मृत्यु, चालक गम्भीर घाइते

नेपालखबर
असार १९, २०८० मंगलबार ७:१६, सर्लाही

सर्लाहीको चन्द्रनगरमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका-७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखियाको मृत्यु भएको हो। 

उनी ट्रकमा काम गर्ने मजदुर हुन्। उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।

घटनामा ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय (सर्लाही) ले जनाएको छ।

उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारsf लागि वीरगन्ज लगिएको छ।

सोमबार दिउँसो चन्द्रनगर गाउँपालिका ७ बाट धानको भुस लिएर सर्लाहीकै ब्रह्मपुरीतर्फ जाँदै गरेको ट्रक हाई भोल्टेजको बिजुलीको तारमा छोइँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .