मधेस


सर्लाहीमा घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् २२ वर्षीया युवती, परिवारले हत्या गरेको दाबी

स्थानीयले सडकमा शव राखेर गरे यातायात अवरुद्ध
सर्लाहीमा घरभित्रै झुन्डिएको अवस्थामा मृत भेटिइन् २२ वर्षीया युवती, परिवारले हत्या गरेको दाबी

नेपालखबर
जेठ २८, २०८० आइतबार ९:३०, सर्लाही

सर्लाहीको हरिपुर नगरपालिका ३ फरहदवामा आफ्नै घरभित्र मृत भेटिएकी युवतीले आत्महत्या गरेको नभई उनको हत्या गरिएको दाबी स्थानीयले गरेका छन्। 

स्थानीय अब्दुल फकिरकी पत्नी २२ वर्षीया इला खातुन शनिबार दिउँसो आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। 

तर स्थानीयले सासू–ससुरासहित परिवारका सदस्यले इलालाई मारेपछि आत्महत्या गरेको जस्तो देखाउन झुन्ड्याएको आरोप लगाएका छन्। 

दोषीलाई कारबाही माग गर्दै स्थानीयले शनिबार साँझ नवलपुर–मलंगवा सडकअन्तर्गत गैरमा शव राखेर यातायात बन्द गराएका छन्।

पोस्टमार्टमपछि प्रादेशिक अस्पताल (मलंगवा) बाट शव बुझेर ल्याउने समूहले नै शनिबार साँझ शव सडकमा राखेर प्रदर्शन गरेको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

प्रहरीले घटनाको अनुसन्धान गर्दा कोही दोषी पाइए कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले शव सडकबाट हटाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .