सर्लाहीमा बिहीबार साँझ आएको हावाहुरीले घर भत्किँदा एक वृद्धाको मृत्यु भएको छ।
हावाहुरीले भत्काएको आफ्नै घरले थिच्दा ब्रह्मपुरी गाउँपालिका–२ की ६५ वर्षीया सावित्रीदेवी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हावाहुरीबाट जोगिन घरभित्र बसेका बेला घर नै भत्किँदा घटना भएको हो।
टाउको र छातीमा चोट लागेर गम्भीर घाइते भएकी साहलाई उपचारका लागि प्रादेशिक अस्पताल (मलंगवा) लगिएको थियो।
तर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
जेठ १२, २०८०, शुक्रबार
प्रतिक्रिया