ad ad

मधेस


सिरहामा सर्पले डस्दा ४ वर्षीय बालकको मृत्यु

सिरहामा सर्पले डस्दा ४ वर्षीय बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
बैशाख ८, २०८० शुक्रबार ८:१, सर्लाही

सिरहामा विषालु सर्पले डस्दा बालकको मृत्यु भएको छ। सर्पले डसेर गोलबजार नगरपालिका-८ भाइजिका श्याम साहका ४ वर्षीय छोरा अविनासको मृत्यु भएको हो।

बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा बालकलाई सर्पले टोकेको थियो। उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्।

सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि सुरुमा सिरहाको चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गण पुर्‍याइएको थियो।

त्यहाँ उपचार समभव नभएपछि थप उपचारका लागि उनलाई सिरहाकै कर्जन्हामा रहेको फूलकुमारी अस्पताल लगिएको थियो। तर उपचार गर्दागर्दै बालकको मृत्यु भएको स्थानीयसमेत रहेका पत्रकार रामभरोसी यादवले जानकारी दिए। 

गर्मी बढेसँगै तराई-मधेशका जिल्लामा सर्पले डस्ने क्रम बढ्न थालेको हो। विषालु सर्पले टोकेका बिरामीलाई समयमै अस्पताल नपुर्‍याउँदा मृत्युको जोखिम धेरै हुने चिकित्सकले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .