ad ad

मधेस


६ जना मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ, माओवादीले पठाएन

६ जना मन्त्री र तीन राज्यमन्त्रीले लिए शपथ, माओवादीले पठाएन

जयन्त ठाकुर
माघ २०, २०७९ शुक्रबार १८:३२, जनकपुरधाम

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन्। तीन जना बिनाविभागीय मन्त्रीसहित गत पुस २९ गते शपथ लिएका मुख्यमन्त्री यादवले ३ सातापछि मन्त्रिमण्डल विस्तार गरेका हुन्। 

६ जना मन्त्री तथा ३ जना राज्यमन्त्रीलाई सामेल गर्दै मन्त्रिपरिषद विस्तार गरिएको हो। मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरुले शुक्रबार साँझ शपथ समेत लिएका हुन्। 

जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन सा कलवारलाई खानेपानी तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, नेकपा एमालेबाट राजकुमार लेखी कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ। मो. जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ।

जनमत पार्टीबाट संसदीय दलका नेता महेश प्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।

त्यस्तै, राज्यमन्त्रीहरुमा जसपाका शेख अबुकलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्र नेकपा एमालेमा प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .