ad ad

मधेस


ओलीले उमाशंकरलाई टिकट दिने भएपछि केन्द्रीय सल्लाहकार सदस्य यादवले छाडे एमाले

ओलीले उमाशंकरलाई टिकट दिने भएपछि केन्द्रीय सल्लाहकार सदस्य यादवले छाडे एमाले

फाइल


जयन्त ठाकुर
असोज १०, २०७९ सोमबार १३:२, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी परित्याग गरेका छन्। सोमबार पार्टी परितयागको घोषणा गर्दै यादव जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका हुन्। 

धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिने तयारी गरेका यादव एकाएक पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन्। 

दुई दिन अगाडी मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले धनुषा २ बाट निर्वाचन लडाउने गरी लोसपाका सचेतक उमाशंकर अरगरियालाई पार्टी प्रवेश गराएपछि यादव असन्तुष्ट भएका थिए।

आफूले सो क्षेत्रमा टिकेट पाउने सम्भावना नदेखेपछि उनी एमाले छोडेर जसपामा प्रवेश गरेका हुन्। आगामी मंसिर ४ गते धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने उनको तयारी छ।

पार्टीले आफूले कम्युनिष्ट आन्दोलनमा दिएको योगदानको अवमूल्य गरेको यादवले आरोप लगाए। एमालेलाई धनुषा २ मा मजबुत बनाउनका उनको महत्वपूर्ण योगदान रहँदै आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .