नेकपा माओवादी केन्द्रको मधेश प्रदेश सदस्य तथा वाईसीएलका प्रदेश इन्जार्ज शंकर महतो नेकपा एमालेमा प्रवेश गरेका छन्।
मंगलबार एक कार्यक्रमबीच एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले महतोसहितका नवप्रवेशीहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका हुन्।
एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका प्रदेश समिति सदस्य रौतहटका अजित कुशवाहा, वाईसीएलका धनुषा जिल्ला अध्यक्ष मनोजकुमार महतो, नेकपा एकीकृत समाजवादीका मधेश प्रदेश सदस्य रोशन गौतम, नेपाली कांग्रेसका महोत्तरी जिल्ला सदस्य दीप बहादुर कार्की लगायत छन्।
615
Shares
प्रतिक्रिया