ad ad

लुम्बिनी


अझै भेटिएनन् सन्तकुमार, खोजी जारी

अझै भेटिएनन् सन्तकुमार, खोजी जारी

घटनास्थल


रासस
कात्तिक ८, २०८० बुधबार १४:४१, लुम्बिनी

रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति विसर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका एकजनाको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सो दुर्घटनामा परेर दुइ जनाको मृत्यु भएको थियो भने एकजना हराइरहेका छन्।

कोटहीमाई गाउँपालिका–१ अमरगन्जबाट मूर्ति विसर्जन गर्न दानव खोलामा गएका तीनै जना एकसाथ खोलामा डुबेको स्थानीयले बताएका छन्। 

सो दुर्घटनामा परेर हराइरहेका २० वर्षीय सन्तकुमार राजभरको खोजी भइरहेको र घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोजीका लागि खटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। 

कोटहीमाई गाउपालिका–१ दुइमोहानघाट स्थित दानव खोलामा डुबेर मृत्यु भएका दुईजनाको शव खोजतलासका क्रममा हिजो नै स्थानीयले फेला पारेका थिए। उनीहरुको शव पोस्टमर्टमका लागि भैरहवा लगिएको छ। 

खोलामा डुबेर मृत्यु हुनेमा अमरगन्जका २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर हुन्। 

मृतक नाउँ जिल्ला प्रहरी कार्यालय पाल्पामा कर्यरत प्रहरी जवान थिए।

दसैँ मान्न घरमा गएका उनी मूर्ति विसर्जनका क्रममा दानव खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख तथा प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .