कपिलवस्तुमा आफ्नै बुवालाई हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जीवन केसी रहेका छन्।
जीवनले आफ्नै बाबु ५५ वर्षीय नारायण केसीलाई चिर्पट प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ।
शनिबार बेलुका बाबुछोरा सँगै बसेर मदिरापान गर्दा दुई जनाबीच बिवाद भएको थियो। विवादका क्रममा जीवनले दाउराको चिर्पट प्रहार गर्दा नारायणको घटनास्थलमै मृत्यु भएको कपिलवस्तु प्रहरीका सूचना अधिकारी प्रहरी निरिक्षक सैलेश्वरी बोहोराले बताइन्।
जीवनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बोहोराले बताइन्।
चैत १२, २०७९, आइतबार
प्रतिक्रिया