रुपन्देहीमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव भएका ६ वटा क्याम्पस मध्ये ५ वटा क्याम्पसको मपरिणाम सार्वजनिक छ।
जसमध्ये ३ वटामा नेपाल विद्यार्थी संघ र २ वटामा अनेरास्ववियूको नेतृत्व विजयी भएको छ। गणना चलिरहेको बुटवल बहुमुखी क्याम्पसमा भने अनेरास्ववियु अघि छ।
सियारी गाउँपालिकाको लिलाराम घिमिरे छपिया जनता कलेजको स्ववियू सभापति नेपाल विद्यार्थी संघका अभिषेककुमार यादव विजयी भएका छन्। नेविसंघले जितेका क्याम्पस मध्ये फर्साटिकरको यज्ञोदय दुधनाथ क्याम्पसको स्ववियुमा महेश चौधरी विजयी भएका छन्।
सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा नेविसंघकै मनोज बेलबासे विजयी भएका छन्। यहाँ नेविसंघले अखिल क्रान्तिकारी, अखिल विप्लब र अखिल समाजवादीसँग मिलेर चुनाव लडेको थियो।
देवदह आदर्श क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी भएको छ। कञ्चन गाउँपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदिप शर्मा विजयी भएका छन्। हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ र लोकतान्त्रीक विद्यार्थी संघको संयुक्त प्यानल बनेको थियो।
यस क्षेत्रको पुरानो र धेरै विद्यार्थी भएको बुटवल बहुमुखी क्याम्पसमा भने गत गणना चलिरहेको छ। गणनाका क्रममा अनेरास्ववियु अगाडि छ। १ हजार मत गणना हुँदा अनेरास्ववियुका दुर्गावहादुर एमसीले ४४७ मत पाएका छन्।
अखिल क्रान्तिकारीका शिववहादुर खवासले २५९ र नेविसंघका सागर पौडेलले १४४ मत पाएका छन्।
प्रतिक्रिया