आइतबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) निर्वाचनको रूपन्देहीका २ क्याम्पसको नतिजा आएको छ।
जिल्लाको सियारी गाउँपालिकामा रहेको लिलाराम घिमिरे छपिया जनता कलेजमा नेविसंघ विजयी भएको छ।
पहिलोपटक स्ववियु निर्वाचन भएको छपिया जनताको स्ववियू सभापतिमा नेविसंघका अभिषेक कुमार यादव, सचिवमा मुकेश नाउ र कोषाध्यक्षमा विजयालक्ष्मी रानाभाट निर्वाचित भएका छन्। सदस्यहरुमा पनि अधिकांस नेविसंघका विजयी भएका छन् ।
यस्तै कञ्चन गाउँपालिकामा रहेको हरैया बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रदिप शर्मा विजयी भएका छन्।
शर्माले २२२ मत पाउँदा नेविसंघका सुनिल रानाले १९१ मत पाएका छन्।
हरैया क्याम्पसमा अनेरास्ववियु, जनमत विद्यार्थी संघ र लोकतान्त्रीक विद्यार्थी संघको संयुक्त प्यानल बनेको थियो।
सचिवमा संयुक्त प्यानलका अनिलकुमार गुप्ता र कोषाध्यक्षमा जिवनकुमार धवल विजयी भएका छन् ।
प्रतिक्रिया