लुम्बिनी


मुख्यमन्त्री गिरिले तोके सल्लाहकारदेखि प्रदेशसभाका सचेतकसम्म

मुख्यमन्त्री गिरिले तोके सल्लाहकारदेखि प्रदेशसभाका सचेतकसम्म

नेपालखबर
माघ २५, २०७९ बुधबार २१:५३, देउखुरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरिले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा दधिराम न्यौपानेलाई नियुक्त गरेका छन्। 

प्रदेश सरकारका कामहरुमा राजनीतिक समन्वय र आवश्यक सल्लाह लिने गरी गिरिले न्यौपानेलाई प्रमुख सल्लाहकारमा नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। 

न्यौपाने एमालेमा पोलिट्व्युरो सदस्य साथै प्रदेशको सहइन्जार्ज पनि हुन्। गत मंसिर ४ गतेको चुनावमा न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ ख बाट प्रदेश सांसदमा पराजित भएका थिए।

उनी अघिल्लो पटक यही क्षेत्रबाट नेकपा माओवादी केन्द्रबाट सांसद बनेका थिए। लामो समय माओवादी केन्द्रमा रहेका न्यौपाने सर्वोच्च अदालतको तत्कालिन नेकपा (नेकपा) बाट एमाले र माओवादीलाई अलग गर्ने आदेशपछि एमाले रोजेका थिए। 

एमाले संसदीय दलका नेतासमेत रहेका गिरिले प्रदेश सभाको लागि प्रमुख सचेतक र सचेतक पनि चयन गरेका छन्।

प्रमुख सचेतकमा सांसद तुलसी चौधरीलाई चयन गरेका छन्। चौधरी रुपन्देही ३ क का प्रदेश सांसद हुन्।

त्यस्तै समानुपातिक सांसद रेखाकुमारी शर्मा सचेतक भएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad