पाल्पामा आफ्नै श्रीमानलाई चक्कु प्रहार गर्ने महिला पक्राउ परेकी छन्।
३० वर्षीय श्रीमान शेरजंग थापालाई पेटमा धारिलो चक्कु प्रहार गरेको आरोपमा तानसेन नगरपालिका ७ बस्ने प्रियंका थापालाई प्रहरीले पक्राउ गरेको हो।
श्रीमानसँगको पटक पटकको विवाद पश्चात ज्यान मार्ने उदेश्यले उनले चक्कु प्रहार गरि सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रियंकालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए।
351
Shares

प्रतिक्रिया