बर्दियाको एक मतदानस्थलमा कर्मचारीदेखि सुरक्षाकर्मी सबै महिला खटिएका छन्।
गुलरिया नगरपालिका–८ महाकवि देवकोटा माविमा महिला मात्रै कार्यरत रहेको नमूना मतदान केन्द्रका मतदान अधिकृत रेविका अमात्यले जानकारी दिए।
‘मतदान केन्द्र र स्थलमा गरी अधिकृतसहित २४ कर्मचारी र सुरक्षाका लागि १४ महिला सुरक्षाकर्मी खटिएनु भएको छ,’ उनले भने।
जिल्लामा करिब तीन हजार पाँच सय सुरक्षाकर्मी र झन्डै तीन हजार कर्मचारी खटिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाको भनाइ छ।
जिल्लामा कूल तीन लाख १५ हजार दुई सय ८४ मतदाता छन्। जिल्लामा एक सय ५४ मतदानस्थल र तीन सय ७६ मतदान केन्द्र छन्। रासस
मंसिर ३, २०७९, शनिबार
प्रतिक्रिया