ad ad

लुम्बिनी


सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार ९:२१, अर्घाखाँची

अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन्। 

सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार गएराति दुई मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। 

प्रदेश नं२–०३८प५०३२ नंको मोटरसाइकल दुर्घटनामा सन्धिखर्क नगरपालिका–१ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको डीएसपी रिजालले जानकारी दिए। 

यस्तै बा२५प८८७६ नंको मोटरसाइकलमा सवार सन्धिखर्क–२ आटिकापाटा ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुवैको बुटवलस्थित मर्सिटी अस्पतालमा उपचार भइरहेको छ। 

अत्यधिक गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुुसन्धानबाट खुलेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .