दाङमा घाँस काट्ने क्रममा रूखबाट लडेर एक जनाको मृत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ कटाहाका ५९ वर्षीया कृष्णा रोका मगर मंगलबार दिउँसो आफ्नै घरअगाडि रहेको बकैनाको रूखबाट लडेका हुन्।
लडेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल (तुलसीपुर) मा निधन भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
असोज १२, २०७९, बुधबार
30
Shares
प्रतिक्रिया