रुपन्देहीको भैरहवामा प्रहरीले स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँसहित १ जनालाई पक्राउ गरेको छ।
सिद्धार्थनगर नगरपालिका–१ वाइपासबाट प्रहरीले बुटवल उपमहानगरपालिका ८ सुख्खानगरका २८ वर्षीय सन्दीप शाक्यलाई नियन्त्रणमा लिएको हो।
आइतबार अपरान्ह अवैध रकम ओसारपसार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा शाक्यले बोकेको कालो रङ्गको झोलाबाट श्रोत नखुलेको रकम फेला परेको रुपन्देहीका प्रहरी प्रवक्ता श्यामू अर्यालले जानकारी दिए।
पक्राउ परेका शाक्यलाई आज बरामद रकमसहित भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको अर्यालले बताए।
129
Shares

प्रतिक्रिया