भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ।
भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले माध्यमिक विद्यालय भवनको उद्घाटन गरेका हुन्।
नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर श्री केशव श्रेष्ठ लगायतको उपस्थिति थियो।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा भारत सरकारको आर्थिक सहयोग ३ करोड ४० लाखको लागतमा यो भवन बनेको हो।
यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव”अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनामध्ये एक हो।
माध्यमिक विद्यालय कपिलवस्तुको एक पुरानो विद्यालय हो। यस भवनले विद्यालयमा सिकाइका लागि उपयुक्त वातावरणको सिर्जना दूतावासले जनाएको छ।

Shares

प्रतिक्रिया