दाङका आठ पालिकाका सबै बालबालिकालाई खोप लगाइसकिएको छ।
चौध प्रकारका रोगविरुद्ध लड्न सात प्रकारका खोप बालबालिकालाई दिइएको हो।
योसँगै पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाहीले जानकारी दिए।
उनका अनुसार तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिकासहित दङ्गीशरण, राप्ती, राजपुर, गढवा, बङ्गलाचुली र शान्ति नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
चाँडै घोराही उपमहानगरपालिका र बबई गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित घोषणा गर्न लागिएको उनले जानकारी दिए।
21
Shares

प्रतिक्रिया