तिनाउ खोलामा एकजनाको शव फेला परेकाे छ भने एकजना वेपत्ता भएका छन्।
पाल्पाको सिद्धबाबा मन्दिर दर्शन गरेर फर्किएका दुई भारतीय युवालाई तिनाउ खोलाले बगाएकाे थियाे।
भारतको युपी दोहरिय गोरखपुरबाट सिद्धबाबा मन्दिरमा दर्शनका लागि ६० जना आएका जनाइएकाे छ।
दर्शन गरेर फर्किने क्रममा १८ वर्षका दुई जना पौडी खेल्न खोलामा पसेका थिए। १८ वर्षीय नन्दकुमार निसाद र १८ वर्षकै सनी कुमारलाई आइतबार दिउँसो खाेलाले बगाएकाे पाल्पाका डीएसपी बिरेन्द्र थापाले जानकारी दिए।
थापाका अनुसार नन्द कुमारको शव बुटवलको लाफाचौरस्थित तिनाउ खोलामा फेला परेको र पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवलमा राखिएकाे छ। सनी कुमारको भने खोजतलास भइरहेको छ।
18
Shares

प्रतिक्रिया