लुम्बिनी


मिर्गौला पीडित बालकलाई ५० हजार सहयोग

मिर्गौला पीडित बालकलाई ५० हजार सहयोग

नेपालखबर
असार १६, २०७९ बिहिबार ७:३६, पाल्पा

पाल्पाको रामपुर नगरपालिकाले मिर्गौला पीडित बालकलाई आर्थिक सहयोग गरेको छ।

रामपुर–६ का ११ वर्षीय जङ्गबहादुर दर्जीलाई नगरपालिकाले  ५० हजार रुपैयाँ सहयोग गरेको हो।

दर्जीको घरमै पुगेर नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, वडाध्यक्ष दिवाकर देवकोटा लगायतले सो रकम हस्तान्तरण गरेका हुन्।

समस्यामा परेका बालबालिकालाई आपत्कालीन बाल उद्धार कोषबाट आर्थिक सहयोग गरिएको आपत्कालीन सञ्चालन समितिका संयोजक एवं नगर प्रमुख थापाले बताए। 

पछिल्लो समय भारतमा नियमित उपचार गराउँदै आएका दर्जीलाई थप उपचार तथा शैक्षिक सामग्री खरिद गर्न सहज होस् भनेर सहयोग गरिएको हो।

आमा बेलमायाले धेरैको सहयोगले छोराको उपचारमा सहज भएको बताए।

यसैबीच आपतकालीन बाल उद्धार कोष सञ्चालन नियमावली, २०७७ को परिच्छेद १ को नियम २ बमोजिम रामपुर नगरपालिका–२ का सङ्गीत थापालाई उपचारका लागि तथा प्रतिमा कुमाल र पूजा कुमाललाई शैक्षिक सामग्री खरिद गर्न २० /२० हजार रुपैयाँ प्रदान गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad