लुम्बिनी


घोराहीमा बाढीमा फसेका ३ सवारीसाधन प्रहरीले निकाल्यो

घोराहीमा बाढीमा फसेका ३ सवारीसाधन प्रहरीले निकाल्यो

फाइल तस्बिर


नेपालखबर
असार १५, २०७९ बुधबार ११:३८, काठमाडौँ

दाङको घोराही उपमहानगरपालिका–१३, बगाले भन्ने स्थानमा रहेको भेरे खोलामा फसेका सवारीसाधन प्रहरीको सहयोगमा निकालिएको छ। 

प्रहरीका अनुसार अविरल वर्षाका कारण भेल आई रोल्पा होलेरीबाट दाङ घोराहीतर्फ आउँदै गरेका ट्रक, जिप र अटो खोलाको बीचमा फसेका थिए। जसका कारण घोराही–होलेरी सडकखण्ड बन्द भएको थियो। 

त्यसपछि अस्थायी प्रहरी पोस्ट (बसपार्क, दाङ) बाट खटिएको प्रहरी टोलीले खोलामा फसेका सवारीसाधनलाई धकेलेर निकालेको हो। 

भेलमा फसेका ना ८ ख ७६९३ नम्बरको मिनी ट्रक, भे १ ह १२४१ नम्बरको अटो र लु ३ च ६६९६ नम्बरको डबल क्याफ जिपलाई निकालिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad