लुम्बिनी


लघु उद्यमी तथा कृषकलाई अनुदान

लघु उद्यमी तथा कृषकलाई अनुदान

नेपालखबर
असार १२, २०७९ आइतबार १०:५८, प्युठान

प्युठानको प्युठान नगरपालिकाले लघु उद्यमी तथा कृषकलाई प्रोत्साहन गर्न उत्पादनमा अनुदान दिने भएको छ। नगरसभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगरपालिकाले उत्पादनमूलक गतिविधिलाई प्रोत्साहन गर्न यस्तो नीति ल्याईएको प्युठान नगरपालिकाले जनाएको छ।

तरकारी, दूध, मासुमा आत्मनिर्भर बनाउने तथा लघु घरेलु उद्योगीहरुले गरेको उत्पादनलाई बजारसँग प्रतिस्पर्धा गर्न सहजताका लागि उत्पादनमा अनुदानको योजना अघि सारिएको नगरपालिका उपप्रमुख देवेन्द्र बर्माले बताए। 

हामी अनुदान खानका लागि आउने नक्कली कृषकलाई निरुत्साहन गर्दै खास कृषक र उत्पादकलाई बजारमा प्रतिस्पर्धि बनाउन चाहान्छौं, यसका लागि अब उत्पादनमा अनुदान दिनुपर्छ भन्ने मान्यता अगाडि बढाएका छौं’, उनले भने।

यसका अतिरिक्त नगरभित्र लघु घरेलु उद्योग सञ्चालनमा सहजताका लागि महिला, दलित, द्वन्द्वपीडित तथा अपांगता भएकाका लागि ५० प्रतिशत दर्ता तथा करमा छुट दिने, व्यावसायिक कृषक परिचयपत्र दिने, स्वरोजगारी सिर्जना गर्ने लगायतका विषयलाई प्राथमिकता दिइएको नगरप्रमुख विष्णु योगीले जानकारी दिए। नगरपालिकावासीलाई आत्मनिर्भर तथा व्यावसायिक बनाउनु जनप्रतिनिधिको ध्येय भएको नगरप्रमुख योगीले प्रतिबद्धता व्यक्त गरे।

प्युठान नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८४ करोड ६ लाख एक हजारको आयव्यय प्रस्तुत गरेको छ। जसमा झिम्रुक करिडोरलाई हरित सडकमा स्तरोन्नती, एक घर एक धारा, स्मार्ट सडकबत्ती, विपन्नलाई निसुल्क इन्डक्सन चुलोलगायत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .