साहित्य


लघुकथा : जोखिम

लघुकथा : जोखिम

ईश्वर पोखरेल
भदौ ३०, २०८२ सोमबार १८:३९, काठमाडौँ

हामी विद्यार्थीका मागका बारेमा हाम्रो सामुदायिक क्याम्पसको प्रशासन टसमस नभएपछि हामी ताला लगाउने निष्कर्षमा पुग्यौं।

भोलिपल्ट बिहान क्याम्पस गेटमा हाम्रोसहित पाँचवटा ताला झुण्डिएका रहेछन्।

क्याम्पसका कर्मचारीको तलबसुविधाको कुरा रहेछ; एउटा ताला तिनको रहेछ।

क्याम्पसका प्राध्यापकहरू एक्स्ट्रा क्लासको दररेटका बारेमा आन्दोलित रहेछन्; अर्को तालाको चाबी तिनीहरूसँग रहेछ।

ठेकदारको पुरानो हिसाबकिताब बाँकी रहेछ; त्यसले पनि यही मेसोमा मौका छोपेको रहेछ।

यी सबै थिए- सामान्य ताला।

एउटा ताला चै जब्बर रहेछ– हत्पत् खोल्नै नसकिने खालको। यही तालाको चाबी हामी कसैमा भेटिएन। ताला खोल्न बजारको नामुद मिस्त्रीलाई बोलाइयो। 

उसले भन्यो- 'यो हाम्रा पसलमा पाइने ताला नै होइन; म सक्दिनँ।'

यो ताला कसको हो भन्ने पनि खुलेको थिएन।

पछि बुझियो– हाम्रो आन्दोलनमा छिमेककै अर्को क्याम्पसले ऐक्यबद्धता जनाएको रहेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad