ad ad

साहित्य


एउटै पुस्तकमा विश्वका १९५ राष्ट्रका गान

एउटै पुस्तकमा विश्वका १९५ राष्ट्रका गान

नेपालखबर
असार ३१, २०८० आइतबार १२:५४, काठमाडौँ

‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तक राजधानीमा शनिबार लोकार्पण भएको छ। 

परराष्ट्रमन्त्री एनपी साउदले ललितपुर, कुपण्डोलस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा ‘विश्वका राष्ट्रिय गान’  पुस्तकको लोकार्पण गरेका हुन्। 

पुस्तक नेपाल वाङ्मय फाउन्डेसनले प्रकाशन गरेको हो। विश्वका १९५ देशका राष्ट्रिय गानहरू नेपाली भाषामा अनुवाद गरी पुस्तकमा समेटिएका छन्। 

मन्त्री साउदले हरेक देशको राष्ट्रिय गानले उक्त राष्ट्रको बिम्बलाई प्रतिनिधित्व गर्ने भएकाले हरेक नागरिकलाई राष्ट्रिय गानले आत्मसम्मान र गौरव महसुस गराउने बताए। 

‘हरेक देशको राष्ट्रिय गानले त्यो राष्ट्र कुन स्थितिमा निर्माण भएको हो? भन्ने विम्ब झल्काउँछ। राष्ट्रिय गानमा हरेकले आत्मसम्मान र गौरव महसुस गरेका हुन्छन्’, उनले भने, ‘राष्ट्रको भावी यात्रालाई पनि सीमित शब्दमा अभिव्यक्त गरिएको हुन्छ।’

उनले सबै राष्ट्र एकै किसिमले निर्माण नहुने भन्दै त्यसको विम्ब राष्ट्रिय गानमा झल्कने बताए।

मन्त्री साउदले विश्वका राष्ट्रिय गान पुस्तकको प्रकाशनले सबै देशलाई एकाकार गर्न र संयुक्त भावले काम गर्नुपर्छ भन्ने भावना जागृत गर्न खोजेको बताए।

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले राष्ट्रिय गानले एउटा राष्ट्रको निर्माण कसरी हुन्छ भन्ने जानकारी दिने बताउँदै ‘विश्वका राष्ट्रिय गान’ पुस्तकको प्रकाशनले विश्वलाई भातृत्वको मार्गमा लैजान सहयोग पु¥याएको धारणा राखे। 

उनले नेपालको राष्ट्रिय गानले शान्तितर्फ प्रेरित गरेको उल्लेख गरे। 

पुस्तकमाथि समीक्षा गर्दै परराष्ट्रविद् तथा पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले राष्ट्रको पहिचानलाई बैधानिकता दिने काम राष्ट्रिय गानले गर्ने बताए। 

उनले ‘विश्वका राष्ट्रिय गान’ पुस्तकमा राष्ट्रिय गानको शीर्षक छुटेको बताउँदै पुनःप्रकाशन गर्दा त्यसलाई सच्याउन आग्रह गरे। 

उनले क्रिश्चियन समुदायबाट राष्ट्रिय गानको प्रारम्भ भएको बताउँदै नेदरल्यान्डको राष्ट्रिय गान पहिलो राष्ट्रिय गान भएको बताए।
राष्ट्रिय गान स्वतन्त्र राष्ट्रका लागि एउटा अनिवार्य तत्व भएको बताउँदै उनले यसले एकताको लागि प्रेरित गर्ने विचार व्यक्त गरे। 

फाउन्डसनका अध्यक्ष तथा पुस्तकका सम्पादक डा. विप्लव ढकालले पुस्तक प्रकाशनको औचित्यमाथि प्रकाश पार्दै पुस्तकमा संयुक्त राष्ट्र संघका १९५ सदस्य राष्ट्रहरू तथा दुई पर्यवेक्षक राष्ट्रका राष्ट्रिय गानहरू पुस्तकमा समेटिएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .