जीवनशैली


सर्पले टोकेमा के गर्ने? के नगर्ने?

यी हुन् नेपालमा पाइने मुख्य विषालु सर्पहरू
सर्पले टोकेमा के गर्ने? के नगर्ने?

फाइल तस्बिर


नेपालखबर
साउन १६, २०८२ शुक्रबार १३:५८, काठमाडौँ

विषालु सर्पको टोकाइबाट नेपालमा बर्सेनी धेरैले अकालमै ज्यान गुमाउँदै आएका छन्। विशेषगरि बर्खाको बेला तराई/मधेशका जिल्लामा सर्पदंशका घटना धेरै हुने गरेका छन्। 

तराई मधेसमा मात्रै होइन, पछिल्लो सयम नेपालका भित्री मधेस र काठमाडौँ उपत्यका जस्ता पहाडका जिल्लामासमेत विषालु सर्पदंशका घटना बढ्न थालेका जानकारहरू बताउँछन्।

विषालु सर्पले टोकेका गम्भीर बिरामीलाई बचाउन एन्टी स्नेक भेनम आवश्यक पर्छ। त्याे सर्पदंश उपचार केन्द्र र अस्पतालहरूमा मात्रै पाइन्छ। तर, जनचेतनाको अभावमा अझै पनि नेपालका ग्रामीण क्षेत्र र दुर्गम बस्तीमा सर्पले टोकेका बिरामीलाई झारफुक गर्ने गरिएको छ। जसको कारण समयमै उपचार नपाउँदा बिरामीले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ।

विज्ञहरूका अनुसार नेपालमा ८० प्रजातिका सर्प पाइन्छन्। त्यसमध्ये मुस्किलले २० प्रजातिका सर्पमात्रै विषालु हुन्छन्। 

चिकित्सकहरूका अनुसार सर्पले टोकिहालेमा बिरामीलाई आँत्तिन नदिने, खान, पिउन र सुत्न नदिने र जतिसक्दो चाँडो अस्पताल लैजानुपर्छ। त्यसो गर्न सके बिरामीलाई अकालमा ज्यान गुमाउनबाट बचाउन सकिने चिकित्सकहरु बताउँछन्। 

सर्पले टोकेका के गर्नु पर्छ?

१‍. साबुन र सफा पानीले धेरै नरम रूपमा टोकेको ठाउँ धुनुपर्छ। यसले संक्रमणको जोखिम घटाउन सहयोग गर्छ। तर उपचार तर्फ लान ढिला हुने गरि धुनमा समय खर्चनु हुँदैन।
२. घाउलाई चबाएर वा माडेर धुनु हुँदैन। कुनै बरफ वा रसायन लगाउनु हुँदैन।
३. धाेएपछि, टोकेको अङ्गलाई स्थिर राख्नुपर्छ। सकेसम्म टाेकेकाे अङ्गलाई छात्तीभन्दा तलतिर राख्नुपर्छ।
४. बिरामीका शरीरमा रहेका गहना, घडी फुकाल्नुहाेस्। टाइट लुगा हटाउनुहोस्।
५. छिटोभन्दा छिटो अस्पताल जानुहोस्। याे सबैभन्दा महत्वपूर्ण काम हो।

के गर्नु हुँदैन?
१.विष चुसेर निकाल्ने प्रयास नगर्नुहोस्।
२.घाउलाई काट्नु हुँदैन।
३. कसेर बाँध्नु हुँदैन। 
४. रक्सी वा कफी जस्ता पेय पदार्थ सेवन गर्नु हुँदैन।



 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad