जीवनशैली


प्रदूषणले बढायो आँखा, नाक, खोकी र दमको समस्या, जोगिने कसरी? (भिडिओ)


नेपालखबर
चैत २३ , काठमाडौँ

हावामा प्रदूषणको मात्रा अत्यधिक बढेपछि अस्पतालमा छाती, आँखा, नाक, कान र घाँटीका बिरामीको चाप थपिएको छ।

‘एयर क्वालिटी इन्डेक्स’को तथ्यांकअनुसार काठमाडौँ उपत्यकाको वायु प्रदूषण ३४८ एक्यूआईसम्म पुगेको छ। एयर क्वालिटी इन्डेक्स १०१ देखि १५० लाई नै संवेदनशील, १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ।

काठमाडौँमा बिहीबार ३४८ एक्यूआईसम्म पुगेको थियो। प्रदूषण उच्च हुदा आँखा पोल्ने, नाक बन्द हुने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या बढेको छ।

चिकित्सकहरूका अनुसार, वायु प्रदूषणले विशेष गरी वृद्ध, श्वासप्रश्वासको समस्या भएका दीर्घरोगी र बालबालिकालाई बढी असर गर्छ। अझ बालबालिका, वृद्धसँगै मधुमेह, उच्च रक्तचाप, मिर्गौला, मुटुरोगीमा बढी असर देखिएको छ। प्रदूषणले निमोनिया, सास फेर्न गाह्रो हुने र दमको समस्या बढाएको छ।

वायु प्रदूषणबाट हुने स्वास्थ्य जोखिमबाट तत्काल कसरी जोगिने? दीर्घकालीनरूपमा यसले के-कस्तो असर गर्छ त?

वीर अस्पतालका छातीरोग विशेषज्ञ डा प्रज्जवल श्रेष्ठको भिडिओ ब्रिफिङ-

भिडिओ:

चैत २४, २०८१ आइतबार ८:२७

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad