चिकित्सकका अनुसार अल्जाइमर्स अर्थात् डिमेन्सिया एक प्रकारको स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो।
सम्झिने क्षमता कम हुने रोगलाई अल्जाइमर्स भनिन्छ। अल्जाइमर्स ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरूमा बढी देखिन्छ।
अल्जाइमर्स हुँदा बिर्सिने, शङ्का गर्ने, हिँड्डुल गर्न नसक्ने, अरूलाई विश्वास नगर्नेजस्ता समस्या देखिन्छन्।
विश्व स्वास्थ्य संगठनका (डब्लूएचओ) तथ्यांकअनुसार विश्वभर हरेक वर्ष पाँच करोड ५० लाख ज्येष्ठ नागरिक अल्जाइमर्स रोगबाट ग्रसित छन्।
नेपालमा अल्जाइमर्स रोगबाट के कति प्रभावित भएका छन् त्यसको तथ्यांक भने तयार भइसकेको छैन।
स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०१५ मा नेपालमा ७८ हजार जनामा यो रोग देखिएको अनुमान गरिएको थियो।
नेपाल सरकारले आठ प्रकारको रोगहरूलाई सामाजिक सुरक्षा कोषअन्तर्गत निःशुल्क उपचार सेवा भनेर छुट्याएको छ जसअन्र्तगत अल्जाइमर्स पनि पर्छ।
लक्षण
- दैनिक हुने कुराहरु पनि भुल्दै जानु,
- स्मरणशक्तिमा कमी आउँदै जानु,
- घरपरिवारका सदस्य पनि नचिन्नु,
- खानेकुराहरूको नाम पनि भुल्नु,
- साँझ र बिहान भनेर छुट्याउन नसक्नु,
- शरीरमै दिसापिसाब हुनु,
- परिवारको सदस्यलाई पनि विश्वास नगर्नु,
- निद्रा नआउनु,
बच्ने उपाय
अल्जाइमर्स दीर्घ रोग भएकाले यसलाई पूर्ण निदान गर्न सकिँदैन।
तर समयमै औषधि गर्यो भने यसबाट उत्पन्न हुनसक्ने जोखिम न्यूनीकरण गरी बिरामीको दैनिकीलाई सहज भने गराउन सकिन्छ।
अल्जाइमर्सले निम्त्याउने भुल्ने समस्या, खानपान, अनिद्रा, शंका आक्रोशजस्ता, एन्जाइटीलाई भने व्यवस्थापन गरेर दैनिकीलाई सहज बनाउन सकिन्छ।
यो पनि पढ्नुस् -
प्रतिक्रिया