जीवनशैली


जाडो मौसममा हृदयाघातको जोखिम उच्च, यी कुरामा ध्यान दिनुहोस्

जाडो मौसममा हृदयाघातको जोखिम उच्च, यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट डा. राजिव राजभण्डारी


डा. राजिव राजभण्डारी
माघ ५ , काठमाडौँ

नेपालमा जाडो मौसम छ। स्वास्थ्यका दृष्टिकोणले यो समयमा मानिसहरूलाई बढी हृदयाघातको जोखिम हुन्छ। किनकि अरु मौसमभन्दा जाडोयाममा मुटुमा धेरै समस्याहरू देखिन्छन्। 

हुन त हृदयाघात हुने मुख्य कारक तत्वहरूमा धूमपान, मधुमेह (सुगर), उच्च रक्तचाप (ब्लडप्रेसर), मोटोपना आदि भए पनि मौसमको बदलावसँगै हृदयाघातको जोखिम पनि बढ्दै जान्छ। 

तथ्यांङ्कका अनुसार जाडोयाममा हृदयाघातबाट हुने मृत्युदर गर्मीयामभन्दा  ३० देखि ५० प्रतिशतले बढी पाइएको छ। जाडो मौसममा हृदयाघातका कारक तत्वहरू पनि स्वतः बढ्ने हुनाले मृत्युदर बढ्नु स्वाभाविक हो तर हामीले बुझ्नुपर्ने कुरा मौसमको प्रत्यक्ष असरले पनि हृदयाघातलाई सहयोग गर्छ। 

बेलायतजस्तो विकसित देशमा पनि २ डिग्री फारेनहाइट तापक्रम हुँदा दिनमा दुई सयको हाराहारीमा हृदयाघात बढेको पाइन्छ। 

यसकारण कम तापक्रममा बढ्छ मुटुरोगको जोखिम
वातावरणको तापक्रम घट्दा शरीरमा एड्रिनालिन नामक पदार्थको मात्रा बढ्छ। यसबाट मुटुको कार्यभार बढ्न जान्छ।

साथै जाडोमा शरीरको तापक्रम कायम राख्न पनि मुटुले बढी काम गर्नुपर्ने हुन्छ। फलस्वरुप अक्सिजनको मात्रा अपर्याप्त हुन गई हृदयाघातको सम्भावना बढ्छ। 

बेलायतमा गरिएको अनुसन्धानअनुसार ५ मिलिमिटर मर्करी औसत रक्तचापमा वृद्धि हुँदा हृदयाघातको दर २१ प्रतिशतले बढ्ने गर्दछ। जाडो मौसमको प्रभाव मानिसले लगाइरहेको लुगा उसले काम गर्ने र बस्ने घरकोठाको तापक्रम आदिमा पनि निर्भर हुन्छ।

त्यसकारण न्यानो लुगा लगाउने, कार्यालयलाई पनि न्यानो पार्नुपर्छ। वैज्ञानिकहरूका अनुसार जाडोयाममा विकिरणहरूको प्रभावले पनि केही हदसम्म हृदयाघातलाई बढाउँछ। 

त्यस्तै जाडो मौसममा चिल्लो खाना बढी खाने हाम्रो बानी छ। खानाको रुचि र भोक पनि बढी लाग्छ। जसले गर्दा कोलेस्टेरोल र वजन बढ्दै जान्छ। यसले हृदयाघातको जोखिमलाई बढाउँछ।  

जाडोमा यी कुरामा ध्यान दिनुहोस्
घाममा बस्नुहोस्, प्रोटिनयुक्त खाना खानुहोस्

स्वस्थ मुटुको लागि शरीरमा भिटामिन ‘डी’को जरुरी रहन्छ र यो सूर्यको किरणबाट प्राप्त हुन्छ। शरीरले घामको किरण पाएन भने कोलेस्टेरोल बढ्ने  वैज्ञानिक तथ्य छ। 

त्यसकारण जाडोयाममा बढी समय घाममा बस्ने र भिटामिन ‘डी’युक्त खानाहरु जस्तै माछा, भटमास, दूध, अण्डा आदिको सेवन आवश्यक पर्छ।

शारीरिक व्यायाम गर्नुहोस् 
त्यसैगरी जाडोमा मर्निङ्गवाकमा जानुहुन्न भन्ने भ्रम पनि छ। तर शरीर चलायमान नहुँदा हृदयाघातको सम्भावना बढ्नसक्छ।

तथ्यांकअनुसार व्यायाम बन्द गरिएको दुई/तीन हप्तामै हृदयाघातको सम्भावना बढ्छ। त्यसैले जाडोमा व्यायाम गर्नुहुँदैन भन्ने भ्रम मात्र हो। 

बिहान नै धेरै चिसोमा मर्निङ्गवाक नगई अलि घाम झुल्केपछि मात्र जाँदा पनि अझ धेरै राम्रो मानिन्छ। जान उचित पनि हुन्छ। 

त्यसैगरी व्यायाम गर्ने भन्दैमा एकैपल्ट धेरै व्यायाम गर्नुहुँदैन किनभने  मुटुलाई अचानक धेरै भार पर्‍यो भने पनि हृदयाघातको सम्भावना बढ्छ। 

अक्सर हामीले मर्निङ्गवाक गएर फर्केको व्यक्ति घर फर्किँदा मृत्यु भयो अथवा साइक्लिङ्ग जाँदाजाँदै हृदयाघात भयो भनेर सुन्ने गरेका छौँ।

त्यस्तै पश्चिम मुलुकतिर शोवल (साबेल)ले हिउँ सफा गर्दै गरेको व्यक्तिको मृत्यु भयो आदि इत्यादि सुनेका छौँ। यसरी जाडो मौसममा व्यायाम सुरु गर्नुअघि एकपल्ट डाक्टरसँग सल्लाह गर्दा राम्रो हुन्छ। 

जाडोको मौसममा रगतमा रातो रक्तकण र प्लेटलेट्सको मात्रा बढ्ने हुन्छ, त्यसबाट रगतको बाक्लोपन बढ्ने गर्दछ।

जाडोमा इन्फ्लुएन्जा भाइरसको संक्रमण पनि बढ्ने गर्दछ जसले गर्दा रगत बाक्लो बनाउँछ। यसको असरबाट हृदयाघातको सम्भावना बढ्छ। यसबाट बच्न इन्फ्लुएन्जाको भ्याक्सिन (खोप) लिनु उपयुक्त मानिन्छ। 

यी सबै तथ्यहरूलाई हेर्दा जाडो महिनामा बढी सतर्कता अपनाउनुपर्ने देखिन्छ। खासगरी धूमपान नगर्ने, घरकोठालाई न्यानो राख्ने, न्यानो कपडा लगाउने, धेरै व्यायाम नगर्ने र जाडो महिनामा खानपिनमा विशेष ध्यान दिनुपर्छ। यी कुराहरूमा ध्यान दिनसके हृदयाघातबाट बच्न सकिन्छ। 

(डा. राजभण्डारी काठमाडौं थापाथलीस्थित ब्लुबर्ड इन्टरनेशनल क्लिनिकका सिनियर कन्सल्ट्यान्ट कार्डियोलोजिस्ट हुन्)

माघ ४, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.