ad ad

जीवनशैली


नुहाउने बानीले पनि पार्छ पाचन प्रणालीमा असर, यी हुन् ध्यान दिनुपर्ने कुरा

नुहाउने बानीले पनि पार्छ पाचन प्रणालीमा असर, यी हुन् ध्यान दिनुपर्ने कुरा

नेपालखबर
कात्तिक २, २०७९ बुधबार १४:३, काठमाडौँ

नुहाउनु स्वास्थ्यको लागि निकै राम्रो कुरा हो। यद्यपि नुहाउने बानीले पनि हाम्रो समग्र स्वास्थ्य र पाचन प्रणालीमा पनि असर पारिरहेको हुन्छ।

भारतीय डाइटिसियन गरिमा गोयल भन्छिन्, ‘हाम्रो शरीरले निकै जटिलरुपमा काम गर्छ र हाम्रो सबै गतिविधिको त्यसैअनुसारको परिणाम पनि देखिन्छ। जसमध्येको एउटा नुहाउने बानी पनि हो। 

यहाँ नुहाउँदा ध्यान दिनुपर्ने केही कुरा उल्लेख गरिएको छ – 

–नुहाउनुअघि एक गिलास पानी खानु 
विशेषज्ञहरुका अनुसार तातो वा मानतातो एक गिलास पानी नुहाउनुअघि खानाले रक्तचाप घटाउनेलगायतका समस्या समाधानको लागि सहयोग गर्छ। केही तातो पानी खानाले शरीरको नसा केही फुक्छ र यसले नसाबाट धेरै रगत बग्न सहज हुन्छ। जसले गर्दा रक्तचाप पनि केही कम हुन सक्छ। 

– टन्न खाना खाएर ननुहाउनु 

टन्न खाना खाएर नुहाउने बानीले तपाइँको पाचन प्रणालीलाई कमजोर बनाउन सक्छ। खाना खाएपछि हाम्रो शरीरको रगत पाचन प्रणालीलाई सहयोग गर्नतर्फ लाग्छ तर सोही समयमा नुहाउनाले रगत प्रवाहमा केही अवरोध उत्पन्न हुन्छ। त्यसैले टन्न खाएपछि नुहाउनु राम्रो मानिँदैन। 

– घाम अस्ताएपछि नुहाउनु 
घाम अस्ताएपछि हाम्रो शरीर बिस्तारै चिसो हुन थाल्छ। यसको अर्थ सुत्ने समय सुरु हुन्छ भन्ने हो। बेडमा जानुअघि नुहाउने बानीले रातको समयमा शरीरको तापक्रम बढाउने कार्यमा अवरोध सिर्जना गर्छ। यसले मानिसको निद्रामा समेत असर पार्छ। 

नुहाउँदा बिरामी, बालबालिका र बिरामीबाहेक सामान्य मानिसले कोठाको जतिकै तापक्रम भएको पानीले नुहाउनु राम्रो हुन्छ। जसले शरीरमा रक्त प्रवाहलाई पनि सही गर्न सजिलो गर्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .