खगेन्द्र लामिछानेले निर्देशन गरेको चलचित्र ‘पानीफोटो’को टिजर सार्वजनिक भएको छ।
आगामी साउन १३ बाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको टिजरमा छोरो खोज्दै हिँडेका बाबु–आमाको कथा समेटिएको छ।
बाबु–आमाको भूमिकामा अनुप बराल र मेनुका प्रधानलाई देख्न सकिन्छ। चलचित्रमा खगेन्द्र लामिछाने र मलिका महतले पनि शीर्ष भूमिकामा अभिनय गरेका छन्।
टुकी आर्टस्को प्रस्तुति र मञ्जुश्री फिल्म प्रोडक्शनको सहकार्यमा तयार भएको चलचित्रमा खगेन्द्रकै लेखन, रोजिना सिटौला र रविन्द्र बज्रचार्यको लगानी, दिपक बज्रचार्यको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ।
यो चलचित्र खगेन्द्रलेनै निर्देशन गरेको नाटक ‘पानी फोटो’बाट निर्माण गरिएको हो।

प्रतिक्रिया