कोशी


झापा-३ का तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

झापा-३ का तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

नेपालखबर
फागुन १४, २०८२ बिहिबार १०:१५, झापा

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रकोे नेतृत्व महिलाले पाएका छन्।

भद्रपुर नगरपालिका-८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले जानकारी दिए। 

उनले रङ्गशालामा तीनवटा मतदान केन्द्र रहेको जानकारी दिँदै भने, ‘यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ।’

उनका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती रहेका छन् भने सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे हुन्। 

‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रूपमा विशेष नापी कार्यालय दमककी सिर्जना पन्त छिन् भने सहायक मतदान अधिकृतमा जुनु पोखरेल छिन्। 

‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल छिन् भने सहायकमा प्रतिमा राई रहेको प्रसाईंलेले जानकारी दिए। 

जिल्ला निर्वाचन कार्यालयका पाँचवटै निर्वाचन क्षेत्रका मतदान अधिकृतलाई धमाधम निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम दिइरहेको प्रदान गरिरहेको कार्यालयका प्रमुख तुलसी नेपालले बताए।

झापामा सात लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल छन्।

यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको उनले बताए। 

निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad