देश दौडाहामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले आज (बुधबार) बिहानै मोरङको विराटनगर आएर स्थानीयसँग भेट गरेका छन्।
बिहान १० बजेतिर गाडीमा विराटनगर आइपुगेका उनी स्थानीयलाई अभिवादन गर्दै सुनसरीतर्फ लागेका छन्।
यस क्रममा उनले समर्थककाे हातमा भएको घण्टी मागे, गाडीको छतमा निस्के र हात हल्लाए।
विराटनगरमा २० मिनेटजति अडिएका उनी लगत्तै सुनसरीतर्फ लागे।
यसअघि पहिलो चरणमा झापा हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटासम्म पुगेर काठमाडौँ फर्किएका बालेन सोमबार फेरि झापा आएका हुन्।
मंगलबार दिनभर आफ्नो उम्मेदवारी रहेको झापा-५ का मतदातासँग भेटघाट गरेका उनी बुधबार बिहानै मोरङको उर्लाबारीबाट सुनसरी हुँदै उदयपुरसम्मको यात्रामा निस्केका हुन।
हेर्नुहोस् विराटनगरमा बालेन आइपुग्दाका १२ तस्बिर












Shares

प्रतिक्रिया