कोशी


पोडवेमा लगानी गर्न रुसी कम्पनी इच्छुक, एमओयूमा हस्ताक्षर हुँदै

पोडवेमा लगानी गर्न रुसी कम्पनी इच्छुक,  एमओयूमा हस्ताक्षर हुँदै

रुसी पोडवे निर्माता कम्पनी युनिस्की स्किन टेक्नोलोजीले बनाएको पोडवे । युएईकाे सारजहा युनिभर्सिटी क्षेत्रमा बनेको पाेडवे । सोही कम्पनीको प्राविधिक टोलीले नेपालमा लगानी गर्न चाहेको छ।


सुमन सुस्केरा
बैशाख १९, २०८२ शुक्रबार १०:३७, विराटनगर

कोसी प्रदेशमा जारी लगानी सम्मेलनमा रुसी कम्पनी नेपालको पोडवेमा लगानी गर्न तयार देखिएको छ।

उसले पोडवे प्रविधि भित्र्याउन नेपाली लगानीकर्ताहरूसँग सहकार्य गरेर कोसीमा लगानी गर्न इच्छा देखाएको हो।

रुसमा पोडवे ट्रान्स्पोर्टेसनको सुरुवात गरेको युनिस्की स्किन टेक्नोलोजीले कोसी प्रदेशका धेरै ठाउँमा प्रविधि भित्र्याउन सकिने जनाएको छ।

सरकारले सहज वातावरण बनाए नेपालमा आफूहरू लगानीका लागि तयार रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओलेग जेरेट्स्कीले बताए।

नेपालजस्ता डाँडाकाँडा भएका देशमा पोडवेको असाध्यै ठूलो सम्भावना रहेकाले सरकारले चाहेमा त्यसमा लगानी गर्न सकिने उनले उल्लेख गरे।

यसलाई आकाशे रेलका रूपमा पनि चित्रण गर्ने गरिएको छ। रेल्वे लिक, स्टेसन, भेहिकल र कन्ट्रोललगायतका सबै रसियन प्राविधिमा बन्ने दाबी उनीहरूको छ।

नेपालका लागि पोडवे निर्माण हुँदा विद्युतीय सवारीसाधन भएका कारण कुनै पनि वातावरणमा प्रभाव नपर्ने, सवारी चाप कम गर्ने, ट्राफिक व्यवस्थापन र भिड व्यवस्थापनमा यसले काम गर्ने उनको भनाइ छ।

दुबई र रुसमा सफल परीक्षण भइसकेकाले यो प्रविधि अन्य २० देशमा सञ्चालनको तयारी भइरहेको दाबी यो कम्पनीले गरेको छ।

२१औँ शताब्दीको प्रविधियुक्त भनिएको पोडवे एआईका माध्यमबाट कन्ट्रोल गर्ने खालको भएको दाबी गरिएको छ।

सन् २०२१ मा यो प्रविधिको विकास भएको कम्पनीले जनाएको छ। यसलाई माइक्रो रेल अर्थात् आकाशे रेलसमेत भन्ने गरिएको छ। 

वैकल्पिक सार्वजनिक यातायातका रूपमा पोडवेको विकास गर्न काठमाडौँ पोडवेले ४/५ वर्षदेखि काम गरिरहेको छ। कानुन बाधक बन्दा उसले काम अघि बढाउन सकेको थिएन।

कोसी लगानी सम्मेलनबाट कोसी पोडवेका रूपमा विकास गर्न लागिएको हो। काठमाडौँ पोडवेका उपाध्यक्ष नील भट्टराईले कोसीमा पोडवेको प्रशस्त सम्भावना रहेकाले विदेशी लगानीकर्ताहरू लगानी गर्न इच्छुक देखिएको बताए।

‘प्राइभेट सेक्टरले एक्लैले लगानी गरेर सञ्चालन गर्न सक्ने सवारी हो, उनले भने, यसमा ट्याक आफैँले बनाएर सवारी पनि आफैँले चलाउन सक्छ।’

यसलाई लगानीकर्ताहरू मेट्रो रेल र मोनो रेलको विकल्पका रूपमा लिन्छन्। अहिले रुसका व्यवसायीहरू प्रविधिसँगै लगानी पनि भित्र्याउने तयारीमा रहेकाले लगानीको वातावरण बन्नेबित्तिकै यो काम अघि बढ्ने दाबी उनीहरूको छ।

५ अर्बको कोसी पोडवेमा एमओयू हुने

विराटनगरको रानीदेखि विराटनगर बसपार्कसम्म बन्ने गरी ५ अर्बको लागतमा कोसी पोडवे निर्माणका लागि आज समझदारी पत्र (एमओयू)  मा हस्ताक्षर हुँदै छ।

काठमाडौँ पोडवेले विराटनगरमा कोसी पोडवेमा लगानी गर्ने गरी एमओयूमा हस्ताक्षर गर्न लागेको हो।

७ किलोमिटरको पोडवेको प्रारम्भिक अध्ययन सकिएको एकदेखि डेढ वर्षमा निर्माण सक्ने गरी काम अघि बढ्ने भनिएको छ।

मोनो रेल र मेट्रो रेलभन्दा ९६ प्रतिशत सस्तोमा बन्ने पोडवे यात्रुका लागि पनि असाध्यै सस्तोमा यात्रा गर्न सकिने दाबी गरिएको छ।

पहिलो चरणमा ७ किलो मिटरका लागि एमओयू गर्ने तयारी भए पनि पछि इटहरी हुँदै धरान र भेडेटारसम्म पोडवेको विस्तार गर्ने गरी लगानी गर्न खोजिएको भट्टराईले बताए।

त्यस्तै आजै अन्य दुई परियोजनाको पनि एमओयूमा हस्ताक्षर हुने लगानी बोर्डका कार्यकारी निर्देशक डा सरोज कोइरालाले जानकारी दिए।

त्यसरी एमओयू हुन आगेको परियोजनामा ५ अर्ब लागतको कोसी पोडवसहित २६ अर्बको सुनसरीमा ग्रिन हाइड्रोजन एन्ड केमिकल फर्टिलाइजर परियोजना र रासताल टुरिजम प्रोजेक्ट सुनसरीको ८० करोडको परियोजनामा हस्ताक्षर हुने फाइनल भएको जानकारी दिए।

उनका अनुसार थप एमओयू हुने तयारीमा रहेकाले दिउँसो २ बजेसम्म सबै टुंगो लाग्नेछ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad