कोशी


कार्यालय र प्रमुखको छाप नै किर्ते!

कार्यालय र प्रमुखको छाप नै किर्ते!

नेपालखबर
चैत २०, २०८२ शुक्रबार १८:१६, विराटनगर

सरकारी छाप र हस्ताक्षर किर्ते गरी ठगी गरेको आरोपमा विराटनगर महानगरपालिका–६ बस्ने ३७ वर्षीय कमल कुमार स्वर्णकार पक्राउ परेका छन्। 

विराटनगर–४ स्थित यातायात कार्यालय परिसरमा लेखापढीको काम गर्ने स्वर्णकारले एक सेवाग्राहीको को ३१ प ९५७९ नम्बरको मोटरसाइकलको ब्लु बुक नवीकरण गर्ने क्रममा सरकारी राजस्व नतिरी आफैँले नक्कली छाप र अधिकृतको हस्ताक्षर किर्ते गरेको प्रहरीले जनाएको छ। 

प्रहरीले उनलाई यातायात कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो। प्रहरीले स्वर्णकारको घरमा खानतलासी गर्दा अन्य विभिन्न ११ थान सवारी दर्ता किताबहरू समेत फेला पारेको छ।

हाल उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी लीलाराज लामिछानेले जानकारी दिए। 

कोही कसैले स्वर्णकारलाई सवारी दर्ता किताब नवीकरणका लागि दिएको भए ५ दिनभित्र जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखामा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad