माेरङ जिल्लामा दिउँसो ३ बजेसम्म ४४ दशमलव ८२ प्रतिशत मत खसेको छ।
मोरङका ६ वटा निर्वाचन क्षेत्रमा उत्साहजनक रूपमा मतदान भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिल्लाभरका कुल ८८८ मतदान केन्द्रमा ७ लाख ८३ हजार ५० मतदाता छन्।
तीमध्ये हालसम्म ३ लाख ५० हजार ९ सय ३६ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।
जसमा १ लाख ७१ हजार ८ सय ८८ पुरुष र १ लाख ७९ हजार ४८ महिला छन्।
क्षेत्रगत विवरणअनुसार सबैभन्दा बढी मतदान प्रतिनिधि सभा क्षेत्र नं. ५ मा ६० प्रतिशत भएको छ भने सबैभन्दा कम मतदान क्षेत्र नं. ६ मा ४२ प्रतिशत छ।
अन्य क्षेत्रमा १ मा ४९ प्रतिशत, क्षेत्र नं. २ मा ४४ दशमलव ६० प्रतिशत, क्षेत्र नं. ३ मा ४२ दशमलव ८२ प्रतिशत र क्षेत्र नं. ४ मा ४२ दशमलव २२ प्रतिशत मत खसेको छ।
सबै निर्वाचन क्षेत्रमा पुरुषको तुलनामा महिला मतदाताको उपस्थिति बढी देखिएको छ।
Shares

प्रतिक्रिया