कोशी


झापामा ४० प्रतिशत मत खस्यो

झापामा ४० प्रतिशत मत खस्यो

झापाको कमल गाउँपालिका-५ स्थित मङ्गलमय मावि मतदान केन्द्रमा मतदान गर्नुहुँदै ९० वर्षीय मानबहादुर श्रेष्ठ । तस्बिरः रासस


नेपालखबर
फागुन २१, २०८२ बिहिबार १३:१०, काठमाडौँ

झापामा आज शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले बताएका छन्।

जिल्लाका २८५ मतदानस्थलका ८१५ वटा मतदान केन्द्रबाट मतदाताले उत्साहसाथ मतदान गरिरहेका छन्। सबै मतदानस्थलमा शान्त वातावरणमा मतदान भइरहेको उनले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी गेलालका अनुसार हालसम्म कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वसभामुख देवराज घिमिरे, पूर्वउपसभामुख इन्दिरा रानामगरलगायतले आआफ्नो मतदानकेन्द्रबाट मतदान गरिसकेका छन्। 

मुख्य निर्वाचन अधिकृत उमेश लुइँटेलले जिल्लामा हालसम्म ४० प्रतिशत मत खसिसकेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad