कोशी


मोरङमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारमाथि निगरानी

मोरङमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारमाथि निगरानी

नेपालखबर
माघ २०, २०८२ मंगलबार १७:३८, ​विराटनगर

निर्वाचन नजिकिँदै गर्दा मोरङमा निर्वाचन आचारसंहिता उल्लंघनका घटनाहरू बढ्न थालेपछि प्रशासनले आफ्नो सक्रियता बढाएको छ।

जिल्ला निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालयले आचारसंहिता उल्लंघन गर्ने विभिन्न दलका उम्मेदवारहरूलाई सचेत गराउँदै स्पष्टीकरण सोध्ने तयारी गरेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी एवं अनुगमन अधिकृत सरोज कोइरालाका अनुसार, मोरङका विभिन्न निर्वाचन क्षेत्रबाट आचारसंहिता विपरीतका गतिविधि भइरहेको गुनासो प्राप्त भएको छ। विशेषगरी क्षेत्र नम्बर २, ३ र ४ बाट व्यापक गुनासो आएपछि प्रशासनले सम्बन्धित उम्मेदवारहरूलाई गल्ती सच्याउन निर्देशन दिएको छ।

अनुगमनका क्रममा चोकचोकमा झण्डा गाड्ने, होडिङ बोर्ड राख्ने, पर्चा बाँड्ने र राति–राति भेला गर्ने जस्ता कार्यहरू भइरहेको पाइएको पाइएकाले निर्देशन दिएको उनले बताए।

अहिलेसम्म प्राप्त सूचना अनुसार, क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चोकमा झण्डा गाडेको, क्षेत्र नम्बर ३ मा नेपाली का‌ंग्रेसका सुनिल शर्माले सहयोगको प्रतिबद्धता जनाएको र क्षेत्र नम्बर ४ मा अमनलाल मोदीले राति भेला गरेर भोज खुवाएको आयोगमा उजुरी परेको थियो। त्यस्तै क्षेत्र नम्बर ६ मा राप्रपाका नेताले होडिङ बोर्ड र पर्चा वितरण गरेको उजुरी परेको छ।

प्रशासनले अहिले ‘करेन्टिभ वे’ (सुधारात्मक बाटो)बाट अघि बढ्दै उम्मेदवारहरूलाई सचेत गराइरहेको र अटेर गरेमा लिखित रूपमै स्पष्टीकरण सोधी कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad