कोशी


धरानमा विद्यालय बस दुर्घटना हुँदा १३ विद्यार्थी घाइते

धरानमा विद्यालय बस दुर्घटना हुँदा १३ विद्यार्थी घाइते

नेपालखबर
माघ ४, २०८२ आइतबार १७:८, विराटनगर

धरानमा आज (आइतबार) दिउँसो स्कुल बस दुर्घटनामा परेको छ। 

को१ख ७११९ नम्बरको गुडिरहेको  बस  नियन्त्रण गुमाएर सडकमै पल्टिएको हो। 

दुर्घटनाको कारण अझै स्पष्ट हुन सकेको छैन। तीव्र गति वा प्राविधिक गडबडीका कारण बस पल्टिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

दुर्घटनामा १३ जना रहेकामध्ये विद्यार्थीहरूको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।   

भेटघाटबाट धरानतर्फ आउँदै गरेको सो बस धनुषाबाट आएको प्रारम्भिक विवरण प्राप्त भएको प्रहरीले जनाएको छ।

घाइते विद्यार्थीहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाउने काम भइरहेको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार, ब्रेक नलागेपछि गाडी दुर्घटनामा परेको खुलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad