हङकङ : रोबिन्स नेस्ट ट्रेलमा लडेर पदयात्रीको मृत्यु

हङकङ : रोबिन्स नेस्ट ट्रेलमा लडेर पदयात्रीको मृत्यु

नेपालखबर
माघ ४, २०८२ आइतबार १७:१०, हङकङ

मुख्यभूमि चीनको सीमा नजिकै रहेको रोबिन्स नेस्ट कन्ट्री ट्रेलमा एक पदयात्रीको निधन भएको छ। ४ जनाको समूहमा निस्केका पदयात्रीमध्ये ६३ वर्षीय पुरुषको लडेर मृत्यु भएको हङकङ प्रहरीले जनाएको छ।

पदयात्री आइतबार दिउँसो झन्डै पौने १ बजे लडेका थिए। उद्धारकर्मीले बेहोस अवस्थामा अस्पताल पुर्‍याएका उनको मृत्यु भएको हो।

दुई पुरुष र दुई महिला गरी चार जनाको समूहमा पदयात्रा गरिरहेको क्रममा लडेका उनलाई उद्धार टोलीले हेलिकप्टरबाट चाइवानमा रहेको पामेला युड नेदरसोल पूर्वी अस्पताल पुर्‍याएको थियो।

झन्डै चार सय मिटरको उचाइमा रहेको रोबिन्स नेस्ट कन्ट्री ट्रेल कठिन पदयात्रा मार्गमा गनिन्छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .