कोशी


राष्ट्रिय सभा निर्वाचन : कोसी प्रदेशबाट चुनिँदै छन् ३ सदस्य

राष्ट्रिय सभा निर्वाचन : कोसी प्रदेशबाट चुनिँदै छन् ३ सदस्य

नेपालखबर
पुस १०, २०८२ बिहिबार ९:०, विराटनगर

राष्ट्रिय सभाका १८ सदस्य चुन्न आगामी माघ ११ गते चुनाव हुँदै छ। 

यसैबीच राष्ट्रिय सभाका लागि कोसी प्रदेशबाट ३ सदस्य चुनिने कोसी प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार कोसीबाट महिला, दलित र अन्य गरी ३ जना राष्ट्रिय सभा सदस्य बन्ने छन्। 

राष्ट्रिय सभा निर्वाचनका लागि कोसीमा प्रदेश सांसद ९३ र स्थानीय तहका प्रमुख-उपप्रमुख गरी २७४ जना मतदाता छन्।

यसपटक राष्ट्रिय सभा निर्वाचनमा मतभार बढेको छ।

प्रदेश सभा सदस्यको एक सांसदको मतभार ५३ पुगेको छ भने स्थानीय तहका प्रमुख-उपप्रमुखको मतभार १९ पुगेको निर्वाचन आयोगले जनाएको छ।

कोसी प्रदेशको कुल मतभार १० हजार १३५ हो, जसमा सांसदको ४ हजार ९२९ र स्थानीय तहका प्रमुख-उपप्रमुखको ५ हजार २०६ मतभार छ। 

आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १८ सिटमा कोसीबाट ३, मधेसबाट ४, बागमतीबाट २, गण्डकीबाट २, लुम्बिनीबाट ३, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना सदस्य चुनिने छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad