कोशी


झापामा तीनवटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु

झापामा तीनवटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु

नेपालखबर
मंसिर २४, २०८२ बुधबार २०:२९, झापा

झापाको कन्काई नगरपालिका–८, खाडी बस्तीस्थित भित्री सडक खण्डमा तीन सवारी साधन आपसमा ठोक्किँदा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। 

दुर्घटना मंसिर २२ गते साँझ ५ः४० बजे भएको प्रहरीले जनाएको छ।

घटनामा राजगढबाट लक्ष्मीपुरतर्फ जाँदै गरेको मे ९ प ४६९१ नम्बरको मोटरसाइकल, लक्ष्मीपुरबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–०१२प ८५६५ नम्बरको मोटरसाइकल र राजगढबाटै लक्ष्मीपुरतर्फ जाँदै गरेको प्र.१–०१–००१ ह ९७६० नम्बरको अटो एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मे ९ प ४६९१ नम्बरको मोटरसाइकलमा पछाडि सवार बाह्रदशी गाउँपालिका–३ का २४ वर्षीय विकास राजवंशी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पु‍र्‍याइएको थियो। घाइते राजवंशीको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।

दुर्घटना भएपछि इप्रका अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरेको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।
दुर्घटनामा संलग्न तीनै सवारी साधन प्रहरी नियन्त्रणमा रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad