कोशी


विराटनगरमा छतबाट खसेर एकजनाको मृत्यु

विराटनगरमा छतबाट खसेर एकजनाको मृत्यु

नेपालखबर
असोज ८, २०८२ बुधबार १२:६, विराटनगर

विराटनगरमा घरको छतबाट खसेर मंगलबार राति एकजनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका-११ का ५६ वर्षीय राजेन्द्रप्रसाद पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। पौडेल ३ तले घरको छतबाट खसेर मृत्युु भएको प्रहरीको भनाइ छ।

राति छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराट नर्सिङ होम पु¥याइएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको डीएसपी चुँडालले बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad