कोशी


मोरङ प्रशासन कार्यालयले आंशिक सेवा सुचारु गर्ने

मोरङ प्रशासन कार्यालयले आंशिक सेवा सुचारु गर्ने

नेपालखबर
असोज ७, २०८२ मंगलबार १५:१६, विराटनगर

आन्दोलनका क्रममा तोडफोड र आगजनीमा परेर सेवा प्रवाह प्रभावित बनेको  जिल्ला प्रशासन कार्यालय मोरङले आंशिक रुपमा सेवा सञ्चालन गर्ने भएको छ।

भदौ २३ र २४ गते भएको आगजनी तथा लुटपाटका कारण कम्प्युटर, ल्यापटप, प्रिन्टर, सवारीसाधन लगायतका सामान जलेर नष्ट भएका र अत्यावश्यक कामकाज ठप्प भएको थियो।

सोमबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले बुधवार ८ असोजदेखि नावालक परिचयपत्र, जातीय सिफारिस, ठाडो उजुरी र पेन्सन सिफारिस सम्बन्धी सेवा सुरु जनाएको छ।

तर नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा अर्को सूचना जारी नभएसम्म सञ्चालन नहुने मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। 

विभिन्न संघ संस्थाहरूको सहयोगमा कम्युटर, पंखा लगायतका सामानहरू प्राप्त गरेसँगै सेवा प्रवाहलाई आंशिक सेवा सुरू गर्न लागेको हो।

जेनजी आन्दोलनको क्रममा केही उछृङ्खल व्यक्तिहरूले भदौ २४ गते दिउँसो जिल्ला प्रशासन कार्यालय मोरङमा आगजनी भएको थियो। आगजनीबाट कार्यालयको प्रशासन शाखा बाहेक सबै शाखाहरू जलेर ध्वस्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad