कोशी


विराटनगरको भाटभटेनीमा भेटियो मानिसको कंकाल

विराटनगरको भाटभटेनीमा भेटियो मानिसको कंकाल

आगजनीबाट ध्वस्त भाटभटेनी हेटौंडा शाखा


नेपालखबर
भदौ ३०, २०८२ सोमबार १७:१५, विराटनगर

जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एक व्यक्तिको जलेको अवस्थामा कंकाल फेला परेको छ।

सोमबार सुपरमार्केटमा सरसफाइ गर्ने क्रममा मानव कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

गत भदौ २४ गते आन्दोलनकारीले सुपरमार्केटमा आगजनी गर्दा भीडभाडबीच सो व्यक्ति फसेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

दोस्रो तल्लामा फेला परेको उक्त कंकाल वरिपरि प्रहरीले सुरक्षा घेरा हालेर आवश्यक प्रमाण संकलनको काम अघि बढाएको छ। मृतकको पहिचान भने फरेन्सिक परीक्षणपछि मात्र हुने प्रहरीले जनाएको छ।

लुटपाट गर्न माथिल्लो तलामा गएको ब्यक्तिको मृत्यु भएको हुनसक्ने प्रहरी अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad