विराटनगर महानगरपालिका शिक्षा प्रशासन महाशाखाले भदौ २९ गतेदेखि विद्यालय सञ्चालन गर्न अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लामा निषेधाज्ञा र कर्फ्यू हटाइएपछि महानगरपालिकाले विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको हो।
महाशाखा प्रमुख रामप्रसाद ढुङ्गेलद्वारा जारी सूचनामा भदौ २४ गतेदेखि विद्यालय बन्द रहेका कारण पठनपाठन प्रभावित भएको उल्लेख गर्दै अब भदौ २९ गतेदेखि पुनः नियमित रूपमा सञ्चालन गर्न विद्यालयहरूलाई आग्रह गरिएको छ।
प्रशासनले जिल्लाको अवस्था सामान्य हुँदै गएको जनाएको छ।
87
Shares

प्रतिक्रिया