मोरङको बुढीगंगा गाउँपालिका–४, पशुपति टोलस्थित पक्की सडकमा सवारी दुर्घटनामा परी ५ वर्षीय बालकको मृत्यु भएको छ।
आज दिउँसो करिब ४ बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्र. १–०२–००२ च ४६६५ नम्बरको छोटा हात्ती गाडीले बाटो क्रस गर्दै गरेका शिवहरि पौडेलका छोरा ५ वर्षीय शम्भु पौडेललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका शम्भुलाई उपचारका लागि तत्कालै विराट टिचिङ अस्पताल, गंगाचोक लगिएकोमा उपचारको क्रममा करिब ४ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न सवारी र चालक सुनसरी दुहबी नगरपालिका–११ बस्ने २७ वर्षीय दीप नारायण ऋषिदेवलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ।
विद्यालयबाट घर जाँदै गरेका दिदीभाइ घर पुग्न लागेको बेलामा बाटो काट्ने क्रममा शम्भुलाई गाडीले ठक्कर दिएको हाे।
मृतक बालक बुढीगंगा गाउँपालिका ३ नेमुवा स्थित स्मृति बाेर्ङिङ स्कुलमा युकेजी कक्षामा पढ्छन्।
Shares

प्रतिक्रिया